राजनीति

चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राख्न प्रधानमन्त्रीको निर्देशन

चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ माक्स सहयोग गर्ने

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानमा रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसके पनि उनीहरुले आफ्नो उद्धर नगरेकोमा सरकारको आलोचना भैरहेको छ ।

यसबीचमा बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कारोना भाइरस संक्रमित चीनबाट नेपाल आउन चाहने विद्यार्थीहरुलाई शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिनुभएको छ ।

विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

थापाले नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताउनुभयो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.