जल/वातावरण

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । भारतले दिएको १० लाख खोप अग्रपंक्तिमा रहेर काम गर्ने तथा जोखिममा रहेकाहरुलाई दिने अभियान चलिरहेका बेला चीनबाट सो घोषणा भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ । यसअघि नेपालस्थित चिनीयाँ दूताबासले तीन लाख खोप दिने बताएको थियो ।

कोरोना भाइरस संक्रमण सुरु भएको चीनले सुरुदेखि नै यसबिरुद्धको भ्याक्सिनमा जोड दिंदै परीक्षण सुरु गरेको थियो । चीनको सिनोभ्याक्स बायोटेक कम्पनीले यसको खोपको तीन चरणको परीक्षणपछि लगाउन सुरु गरिएको छ । चीनले यो खोप विश्वका विभिन्न देशहरुलाई अनुदानमा दिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.