कला/मनोरन्जन

विश्वप्रसिद्ध गायिका लता मंगेशकरको निधन

विश्वप्रसिद्ध भारतीय गयिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । सरस्वतीको बरदपुत्री, स्वर कोकिला उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्याण्डी अस्पताल भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उहाँको उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

दर्जनौ नेपाली गीत समेत गाउनुभएकी लताले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.