जन सरोकार

लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा कम्प गएको थियो ।

गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.