राजनीति

जोर-बिजाेर हटने- फागुन १ देखि विद्यालय खुल्ने

१२ वर्षमाथिकाको कक्षा नियमित सञ्चालन, सोभन्दा कम उमेरका बालकालिकाको लागि आलोपालो

कोरोना संक्रमण दर कम हुँदै गएपछि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तथा विद्यालयहरु फागुन १ गतेबाट खोल्न सिफारिस गरिएको छ ।

आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो ।

उहाँका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।

प्रवक्ता नेपालले भन्नुभयो “विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने । १२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरी सिफारिस भएको छ ।”

साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत राति १० बजेसम्म सञ्चालन गर्न सिफारिश गरएको छ ।

प्रवक्ता नेपालले अहिले नै भेला, सभा सम्मेलनका लगाइएको प्रतिबन्ध खुला नगरिएको जानकारी दिंदै पाइनेछ । पाटी प्यालेसमा पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.