विश्व समाचार

बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि

बेलायतका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ। तर दरबारले क्यान्सरको प्रकार खुलाइएको छैन ।

प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको दरबारको वक्तव्यमा जनाइएको छ । वक्तव्य अनुसार राजाले सोमवारबाट नियमित उपचार थालेको र क्यान्सरको चरण वा अवस्थाबारे अहिले नै केही खुलाइएको छैन।

उपचारका क्रममा रहेकाले पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुनुहुने छैनन । उहाँको उपचार हुँदासम्म राजकीय दायित्वहरू रानी कमिला एवं राजकुमार विलियमले निर्वाह गर्ने जनाइएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्वलाई भने निर्वाह गरिरहने बताइएको छ ।

आफूलाई क्यान्सर भएको पत्ता लागेपछि राजा चार्ल्स हतास नभएको जनाउँदै “आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको” दरबारको वक्तव्यमा जनाएको छ।

राजा चार्ल्सले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएको सार्वजनिक गर्नुभएको थियो ।

उहाँले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।

राजा चाल्र्सले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रस्टेटसँग सम्बन्धित समस्या बढेको देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.