विश्व समाचार

जनावरले जस्तै हात र खुट्टाको सहाराले मात्र हिँड्ने मानिसहरु

मानिस शारीरिक बनावटले दुई खुट्टाले हिँड्ने प्राणी हो । तर, प्रकृतिको लीला कहिलेकाहीं यस्तो पनि देखिन्छ कि कोहीकोही जनावरले जस्तै चार हातखुट्टाको सहाराले मात्रै हिँड्न सक्छन् ।

हालै मात्र टर्कीमा यस्तै मानिसको विवरण सार्वजनिक भएको छ, जो जनावरले जसरी मात्र हिँड्न सक्छन् । १८ जना रहेको एक परिवारमा हात र खुट्टाको सहाराले मात्र हिँड्नसक्ने पाँचजना रहेका छन् ।

यो विषय पहिलो पटक सन् २००६ मा चर्चामा आएको थियो । संसारका सबै वैज्ञानिकले अनुसन्धान गरे तर जनावरको जस्तै चार खुट्टामा हिड्ने यो रहस्य सुल्झाउन सकेनन् । अहिले यो विषय चर्चामा छ किनभने केही वैज्ञानिकहरूले यसलाई ‘रिभर्स इभोलुसन’ भनेका छन्।

एकदमै सरल भाषामा भन्नुपर्दा यसलाई त्यो समय मान्न सकिन्छ जब मानिस यस पृथ्वीमा आयो र बिस्तारै उसको भौतिक विकास सुरु भयो ।

४० लाख वर्ष पुरानो कथा
मिडिया रिपोर्टका अनुसार यी मानिसहरूलाई कुनै आनुवंशिक समस्या छ भन्ने होइन । बरु, प्रश्न एउटै हो कि यी मानिसहरूले मानव सभ्यताको विकासको करिब ४० लाख वर्षको इतिहास दोहोरिरहेका छन् । यो किन भइरहेको छ र यो परिवारमा मात्र किन भइरहेको छ ? यो सबैभन्दा ठूलो प्रश्न हो, यसको ठोस जवाफ अहिलेसम्म कुनै पनि वैज्ञानिक निकायसँग छैन ।

यो अनौठो घटना टर्कीको उलास परिवारमा मात्र हुन्छ । रेसिट र उनकी श्रीमती ह्याटिस उलासका १९ सन्तान थिए । तीमध्ये पाँच जना ‘चार खुट्टा’मा हिँड्छन् । अर्को बच्चा पनि चार खुट्टामा हिँड्ने गर्दथ्यो तर उनको पाँच वर्षको उमेरमा मृत्यु भयो ।

तर, हात खुट्टाको सहारा लिएर हिँड्ने गरेकोले गाउँलेहरूले उनलाई निकै सताउँछन् । कयौं पटक मानिसहरूले उनीहरूलाई राक्षस सम्झेर ढुङ्गा हान्ने पनि गर्छन् । तीमध्ये चारजना महिला छन् र मानिसहरूले दुव्र्यवहार गरेकाले उनीहरू घरबाट टाढा जान्छन् ।

खतरनाक क्षेत्रमा गाउँ
चारजना महिला दिदीबहिनी हुन् । उनीहरूको नाम – सफिए, हेसर, सेेनेम र एमिनी हो र एक भाई रहेका छन् र उनको नाम हुसेन हो । उनीहरुको गाउँ दक्षिण टर्कीको सिरिया सीमा नजिक छ । सिरियाली गृहयुद्धका कारण यहाँ पनि प्रायः युद्धको अवस्था रहन्छ । त्यसैले हरेक पल खतरा छ।

हुसेन चार खुट्टाको सहाराले धेरै किलोमिटर हिँड्छन् । काँडाले पनि हात र खुट्टामा घाउ हुँदा उनी प्रायः घाइते हुन्छन् । उनीहरु सामान्य मानिसजस्तै बोल्छन् तर दुई खुट्टामा मात्रै किन हिँड्न सक्दैनन् भन्ने प्रश्नको जवाफ उनीहरुसँग पनि छैन ।

दुर्भाग्य भन्नुहोस् वा समाजको डर, तर यी चार बहिनी र एक भाइ विद्यालयको ढोकासम्म पुग्न सकेनन् । तर, घरमै बस्दा उनले स्थानीय कुर्दिश भाषा सिके ।

वैज्ञानिकहरुको कुरा सुनौ
करिब १८ वर्षअघि टर्कीको एउटा सानो र स्थानीय पत्रिकामा यी व्यक्तिहरूको उल्लेख गर्दा यो विषय चर्चामा आएको थियो र यो चर्चा लण्डनसम्म पुग्यो ।

उनीहरुको भिडियो र फोटो संकलन गरियो र अध्ययन सुरु भयो र यो अहिले सम्म जारी रहेको छ । प्रकृतिको यो अचम्मको घटनाको बारेमा वैज्ञानिकहरू पनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।

केही वैज्ञानिकहरू विश्वास गर्छन् कि यो आनुवंशिक र परिस्थितिजन्य (परिस्थितिको कारण) समस्या हो । टर्की सरकारले पनि यो विषयलाई खासै महत्व दिएको छैन । तर, यसको कारण भने कहिल्यै खुलाइएको छैन । यस्ता व्यक्तिलाई मिडियाबाट पनि टाढा राखिएको छ ।

त्यहाँ वैज्ञानिकहरूको एक वर्ग छ जसले यो घटनालाई उल्टो विकासको रूपमा मान्छ । उनका अनुसार यो ‘अण्डर ट्यान सिन्ड्रोम’ हो । यो सिद्धान्त विकासवादी जीवविज्ञानी उन्नेर टान (Unner Tan) द्वारा आविष्कार गरिएको थियो ।

यसका अनुसार यस सिन्ड्रोमबाट पीडित मानिसहरु मानसिक र शारीरिक रुपमा अलि फरक हुन्छन् र उनीहरुलाई जन्मदेखि नै दुई खुट्टामा हिँड्ने हो भने लडिन्छ भन्ने लाग्छ । त्यसैले हिँड्नका लागि उनीहरु दुवै खुट्टा र दुवै हात प्रयोग गर्छन् ।

बेलायती मनोवैज्ञानिक निकोलस हम्फ्रेले यो सिद्धान्तलाई लाजमर्दो भनेका छन् । उनले भने उनीहरु मानसिक र शारीरिक रूपमा फिट छन् । मैले उहाँहरुलाई भेटेको छु । त्यस्तै उनका सहकर्मी र न्यूरोवैज्ञानिक रोजर केन्सले पनि टान सिद्धान्तलाई अस्वीकार गर्छन् । उनी भन्छन्– यो मस्तिष्कको रोग हो र विज्ञानमा यसलाई ‘सेरेबेलर एटेक्सिया’ भनिन्छ ।

यो रहस्यको हल कहिले हुनेछ?
यस विषयमा वैज्ञानिकहरू एकमत छैनन् । त्यसैले प्रश्न उस्तै छ । के यो रहस्य कहिले सुल्झिन्छ? रोजर भन्छन्– यो परिवारमा पाँच वर्षमा सात सन्तान जन्मिए । हात खुट्टाको सहारा लिएर हिँड्ने चारजना छन् । अरु केटाकेटीमा किन यस्तो भएन ? अनि किन बढ्दो उमेरसँगै यी मानिसहरू सामान्य बन्न सकेनन् ?

हम्फ्रे भन्छन्- यस्ता कुराहरू कुनै एक कारणले हुँदैनन् । यसका पछाडि धेरै कारण छन् । उदाहरणका लागि- आनुवंशिक, मनोवैज्ञानिक र सामाजिक । पैथोलोजिकल र एन्थ्रोपोलोजिकल परीक्षणले पनि केही स्पष्ट गर्न सकेन । उनीहरुका लागि मनोचिकित्सक नियुक्त गरिएको छ । प्रोफेसर हम्फ्रे भन्छन्- अन्तिम निष्कर्षमा पुग्न अझै केही समय लाग्नेछ । तर, उनीहरुमा केही सुधार देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.