क्रिकेटखेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदेश सरकारको ५२ करोड ५० लाख रुपैयाँ

चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ ।

प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँ सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको छ । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् ।

यसअघि बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिनुभएको थियो ।

रंगशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उहाँले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.