जन सरोकार

मृत अवस्थामा नौ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट नौ जना फेला परेका छन् । सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ बस्तिपुर बस्ने ६५ वर्षीय बेद बहादुर थापा आफ्नै निर्माणाधिन घरकोभित्र पानी भरिएको रिजर्भ ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै उदयपुर, कटारी नगरपालिका-२ गराँस पुरी टोलस्थित खहरे बगरमा सोही ठाउँ बस्ने ३८ वर्षीय भक्त भन्ने युवराज तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै खोटाङ, दित्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ सिरिशे बस्ने भरत राईको घरमा काम गरी बस्ने रावाबेशी गाउँपालिका-१ आमबोटे घर भएका २५ वर्षीय सुवास राई आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता पर्वत, फलेवास नगरपालिका-६ भुषालचौरस्थित बारीमा सोही ठाउँ डेरा गरी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-१३ घर भएका ४७ वर्षीय गणेश भन्ने गन बहादुर रोक्का मंगलबार मृत अवस्थामा फेला परेका छन् ।उता सिन्धुली, कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो ।

यस्तै गोरखा, गण्डकी गाउँपालिका-४ खुदीटारस्थित बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भोज राज पाण्डे सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-७ टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङ सोही नगरपालिका-७ चाइरङडाँडा स्थित भिरतल सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी कैलाली, भजनी नगरपालिका-२ मोहनपुलस्थित शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रसुवा, आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.