कर्पोरेट/पर्यटन

मिरा राई अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको सद्भावना दूत

अल्ट्रा म्याराथन धावक मीरा राईलाई पोखरा–१७ रातोपैह्रोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयले सद्भावना दूतमा नियुक्त गरेको छ । सङ्ग्रहालयले १८औं स्थापना दिवसको अवसर पारेर धावक राईलाई सद्भावना दूतमा नियुक्त गरेको हो ।

सो कार्यक्रममा राईलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सद्भावना दूतका नियुक्तीको प्रमाणपत्रसहित नगद रु ५० हजार प्रदान गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका केन्द्रीय अध्यक्ष सन्तवीर लामाले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रचारप्रसारका लागि पहिलो पटक विश्वकिर्तिमानी चेली मिरा राईलाई एक वर्षका लागि सद्भावना दूतको रुपमा नियुक्त गरेको बताउनुभयो । पोखराको पर्वतीय सङ्ग्रहालय नेपाल पर्वतारोहण सङ्घअन्तर्गत सञ्चालित हुँदै आएको छ ।

उहाँले नेपाली साहासिक चेलीलाई सद्भावना दूतको रुपमा नियुक्त गर्न पाएकोमा सङ्ग्रहालय र सङ्घ परिवार पनि निकै गौरवान्वित भएको बताउनुभयो । लामाका अनुसार सङ्घ सन् १९७३ मा स्थापना भएको हो । यस संस्थाको पोखरा–१७ स्थित एक सय रोपनीभन्दा बढी जग्गामा उक्त सङ्ग्रहालय रहेको छ ।

सङ्ग्रहालयभित्र विश्वकीर्तिमानी हिमाल आरोहीदेखि, हिमालको प्रोफाइल, आरोहीका भेषभूषा, उपकरण डिस्प्ले गरिएको छ । हिमाल र पर्वतारोहणका बारेमा जान्न बुझन र अध्ययन गर्न चाहानेका लागि सङ्ग्रहालय एउटा विश्वविद्यालय नै भएको उहाँको भनाइ छ ।

अध्यक्ष लामाले राईलाई भर्खर मात्रै केटु हिमालको सफल आरोहण गर्न सफल किर्तिमानी आरोही दलका निर्मल पुर्जालाई नेपाल पर्वतारोहरण सङ्घको सद्भावना दूतको रुपमा नियुक्त गरेको जानकारी दिनुभयो ।

सद्भावना दूतको नियुक्ती पत्र लिएसँगै राईले आफ्नो जिम्मेवारीलाई इमान्दारीका साथ सशक्तरुपमा पूरा गर्ने बताउनुभयो । “मलाई विश्वास गरियो, मलाई सुम्पिएको यो जिम्मेवारीलाई इमान्दारिताकासाथ पूरा गर्नेछु । विश्वमा नेपाल हिमालले चिनिएको देश हो, पर्वतारोहण पर्यटनमा जोड दिन सके देशले आर्थिक लाभ लिन सक्छ, म प्रचार प्रसारमा जुट्ने छु ।”

राई ‘नेशनल जोग्राफीको एड्भेन्चर अफ दी इयर २०१७’ बन्न सफल खेलाडी हुनुुहुन्छ । भोजुपुरकी राई हङकङ, स्पेन, इटली, अष्ट्रेलियालगायत मुलुकमा अल्ट्रा दौडमा सहभागिता जनाएर सफलता हासिल गर्न सफल राई सन् २०१६ मा इटलीमा भएको स्काइरनिङको अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेर थप चर्चा कमाउन सफल हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.