जन सरोकार

एकैसाथ दुई बालिकालाई बलात्कार गर्ने राउत पक्राउ

महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली)को खेतमा जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ ।

बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरी ल्याएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.