राजनीति

राप्रपाका पदाधिकारीले लिए गोपनीयताको शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरूलाई शपथ गराउँदै देशभर सङ्गठन विस्तार गरी पार्टीका नीति तथा कार्यक्रमबारे जनतालाई आश्वस्त पार्न निर्देशन दिनुभयो ।

पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पदाधिकारीलाई स्वागत गर्दै पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

गत मङ्सिरमा अधिवेशन सम्पन्न गरेको सो पार्टीले हालै उपाध्यक्ष, महामन्त्री, प्रवक्तालगायत पद तथा विभागीय प्रमुख मनोनित गरेको थियो । पार्टीको सचिवालय प्रमुखमा उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिइएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष कमल थापाकाबीच करिब दुई महिनापछि पहिलोपटक भेटवार्ता भएर सङ्गठनलाई एकताबद्ध बनाएर लैजाने सहमति भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.