जन सरोकार

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनजना थुनामुक्त हुँदै

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित ३ जना आज बुधबार थुनामुक्त हुँदैछन् ।

गत साता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा लिइएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति मागे पििन अदालतले त्यसलाई अस्वीकार गरेकको थियो ।

गत सोमबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले प्रहरीको माग अनुसार अनुसन्धान गर्नुपर्ने नदेखिएको र दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो ।

अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको अनुसन्धानमाा संलग्न एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.