जन सरोकार

नक्कली नोटसहित एक जना पक्राउ

बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.