अर्थ

कुखुराको मासुमा कार्टेलिङ : एक महिनामा एक सय ८० रुपैयाँ वृद्धि- सरकार मुकदर्शक

कुखुराको मासु नष्ट

कुखुराको मासु नष्ट

माघको सुरुमा प्रतिकेजी २५० रुपियाँमा किनबेच भएकोमा कुखुराको मासु अहिले बढेर ४३० रुपियाँसम्म भएको छ ।अस्वाभाविक मूल्यवृद्धिको कारण दाना र चल्ला उद्याृगीको कार्टेलिङको हात रहेको आरोप लागेको छ ।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाउनुभयो ।

उहाँका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ । यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भन्नुभयो, “बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साँछी बस्नेबाहेक अन्य कुनै काम नभएको उहाँको आरोप छ ।

पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक–ढेड सातादेखि अनुगमन कुखुरा, दाता र चल्लामा केन्द्रित गरेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले गत सातादेखि विभागले सक्रिय रूपमा हेर्दै आएको छ । कुखुरा, दाना र चल्ला महँगो हुनुको कारण कार्टेलिङ भएको स्वीकार गर्नुभयो । हामी कार्टेलिङ र मूल्य वृद्धिको सम्बन्ध पुष्टि गर्न लागेका छौँ ।

कुखुराको भाउ विस्तारै सुधारोन्मुख

बजार अनुगमनको प्रभाव कुखुराको भाउ दुई दिनमै प्रतिकेजीमै ५० रुपियाँ घट्ने सङ्केत देखिएको छ । बिहीबार र शुक्रबार वाणिज्य विभाग र पशुपक्षी विभागले संयुक्त रूपमा गरेको अनुगमनको यो प्रभाव देखिएको हो ।

विभागमा महानिर्देशक सुवेदीले कुखुराको मासु चल्ला र अण्डाको मूल्य बढाउनेलाई कारबाही गर्न थालेपछि मूल्यमा विस्तारै सुधार आउन थालेको जानकारी दिनुभयो । यता नेपाल ह्याचरी सङ्घले आजदेखि नै लागू हुने गरी जिउँदा कुखुराको प्रंतिकेजीको भाउ १० रुपियाँ घटाएको छ । आज बिहानसम्म जिउँदो कुखुराको प्रतिकेजी २६० रुपियाँमा कारोबार थियो ।

मुकदर्शक सरकार

कुखुराको मासु, चल्ला र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक हो । पछिल्लो दुई महिना अवधिमा यो व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने रोगको प्रकोप, हावा, पानी र मौसमी प्रतिकूलता तथा कुनै पनि सरकारी नीति आएका छैनन् तर पनि उपभोक्ताको ढाड सेक्ने गरी अण्डा र मासुको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मी तिमिल्सिना भाउ बढ्नुको दुईवटा कारण भएको तीमध्ये पहिलो कारण कुखुरा र मासु व्यवसायीको सिन्डिकेट, दोस्रोे सिडिन्केटमा सरकारको मौनता रहेको बताउनुहुन्छ ।

नेपाल ह्याचरी सङ्घका कोषाध्यक्ष बलराम सन्जेलले पछिल्लोपटक मूल्य बढ्नुमा उत्पादन पर्याप्त नहुनु र माग बढ्नु नै हो भन्ने दाबी गर्नुहुन्छ । व्यवसायीले कार्टेलिङ गरेर भाउ महँगो भएको भन्नेमा कुनै पनि सत्यता नभएको भन्दै उहाँले भन्नुभयो “व्यवसायीले बदमासी गरेको भेटिएमा यसको कारबाही भोग्न तयार छौँ तर प्रमाणित गर्नुप¥यो । ”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.