राजनीति

एमाले एक्लै चुनावी मैदानमा उत्रन्छ : बस्नेत

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ताा गबठन्धन एकजुट भएर जाने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने कसैसंग पनि गठबन्धन नगरी एक्लै मैदानमा उत्रने एक नेताले बताएका छन् ।

मंगलार एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगरी एक्लै जाने बताउनुभएको हो ।

नेता बस्नेतले भन्नुभयो, कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

कार्यक्रममा बस्नेतले मूलभूत रुपमा एमाले एक्लै गए पनि कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल भने हुनसक्ने बताउनुभयो ।
बस्नेतले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै राजनीतिक परिस्थितिलाई सहजीकरण गर्ने सन्दर्भमा, एमसीसीमा साझा दृष्टिकोण बनाउने सन्दर्भमा र निर्वाचनलगायतका दायित्वमा एमाले लचिलो रहेको बताउनुभयो ।

कार्यक्रममा बस्नेतले एमालेमाथि धेरै अनैतिक काम भएको स्मरण गर्दै पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने काम भयो, एमाले सरकारले सुरुवात गरेका विकास निर्माणका काम अहिले अवरुद्ध भएको बताउनुभयो ।

त्यस्तै उहाँले एमालेलाई कमजोर गर्ने षड्यन्त्रमा अहिलेको सरकार लागिपरेको आरोप लगाउँदै यी सबै कुरा सहेर पनि मुलुकलाई निकास दिन एमाले लचक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.