क्रिकेटखेल

रोहित पौडेलको घातक बलिङ, क्यानडामाथि सात रनको सनसनीपूर्ण जित

नेपाली कप्तान रोहित कुमार पौडेलको घातक बलिङको मद्दतमा क्यानडासंगको नेपालले तीन एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा ७ रनको सनसनीपूर्ण जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २२४ रनमा समेटिंदा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपालको जितमा कप्तान रोहित पौडेल नायक सावित ब्याटिङमा असफल देखिएका पौडेले क्याडाबिरुद्ध घातक बलिङ गर्दै ४ विकेट चट्काए ।

पौडेलले ८.२ ओभर बलिङ गरी २२ रन दिएर ४ विकेट लिए भने ललित राजवंशीले २ तथा सोमपाल कामी, कुशल मल्ल, रिजन ढकाल र पवन सर्राफले १/१ विकेट लिए ।

क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको ६२ रनको अर्धशतकीय पारीमा दुई सय २४ रन बनाएको थियो ।

यस्तै आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाउनुभयो । यस खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यु गर्नुभएको छ ।

बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिनुभयो । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिनुभयो । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.