खेल

आईसीसी लिग-२ : ओमानबिरुद्ध ठूलो स्कोरतर्फ नेपाली ब्याटिङ

२०१३ मा सम्पन्न आईसीसी डिभिजन ३ मा विजयी बनेयता ओमानलाई पराजित गर्न नसकेको नेपाल आईसीसी लिग २ को ओमानसंगको दोस्रो खेलमा स्पष्ट जितको उद्देश्य साथ मैदानमा उत्रिएको छ । ताजा स्थितिमा कप्तान ज्ञानेन्द्र मल्लको अर्थशतक सहित नेपालले ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी ओडिआई सिरिजको तेस्रो खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । यसअघि ओमान र अमेरिकासंगको सुरुवाती कमजोरी यसपटक सच्याउँदै राम्रो साझेदारी भैरहेको छ ।

पहिलो खेलमा ओमानसंगै १८ रनले पराजित भएको नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएपछि उच्च मनोबलका साथ मैदानमा उत्रिहेको छ । यो समाचार तयार पार्दासम्म कप्तान ज्ञानेन्द्र मल र पूर्व कप्तान पारस खड्काले आफ्नो ब्याटिङ लय समातेका छन् ।

कप्तान मल्लसंग ओपनिङमा आएका सुवाष खकुरेल २१ रनमा आउट भएपछि ब्याटिङमा आएका खड्का र मल्लले ओमानी बलरहरुलाई नचाइ नचाई बाउण्ड्री कटाइरहेका छन् । खड्काले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतले ३८ रन बनाएर आउट भएका छन् ।

कप्तान र पूर्व कप्तानको उत्कृष्ट साझेदारीले नेपाल ठूलो स्कोरतर्फ अघि बढिरहे पनि उपकप्तान दीपेन्द्रसिं ऐरी शून्यमै आउट भए भने कप्तान मल्ल ५६ रन बनाएर आउट भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.