खेल

क्रिकेट रङ्गशाला बनाउन इच्छाकामना गाउँपालिकाद्वारा ११ लाख सहयोग

चितवनको भरतपुरमा निर्मााणाधीन गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशालाका लागि इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।

रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गर्नुभयो ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.