ओमानलाई नेपालले दियो दुई सय ५० रनको विजयी लक्ष्य
आईसीसी वर्ल्डकप लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । यसअघिको खेलमा खराब ब्याटिङ गरेको नेपालले आज भने उत्कृष्ट प्रदर्शन गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो जसमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ५६, पूर्व कप्तानन पारस खड्का ३८, विनोद भण्डारी ३५, कुशल मल्ल २८, आरिफ शेख २८, सुवाष खकुरेल २२ तथा करन केसीले १० रन बनाएर आउट भए भने र सन्दीप लामिछाने १० र कमल सिं ऐरी ९ रनमा अविजीति रहे ।
यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ । आजको खेलमा नेपालका कमलसिंह ऐरीले राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् ।
त्रिकोणात्मक सिरिज अन्तर्गत अहिले ओमान र अमेरिका नेपाल भ्रमणमा छन् । यी तीन टोलीबीच दुई/दुई खेल गरेर प्रत्येकले चार खेल खेल्ने छन् ।