३९ वर्षअघिको नमिता-सुनिता काण्ड र निर्मला, भागिरथीको नियति

आधुनिककाल सुरु भएसंगै जन्मिएको प्रश्न हो महिलाप्रति भेदभाव किन ? अनि महिलामाथिको हिंसा र अपराध बढ्दै छ किन ? यो नेपालको सन्दर्भमा मात्र हैन विश्वका सबै मुलुकको समस्या हो र तर केही वर्षदेखि नेपालमा महिला, बालबालिकाहरु असुरक्षित बन्दै गएका छन् । तसर्थ प्रश्न उठ्छ यतिधेरै जघन्य अपराध हाम्रै देशमा बढी राखेको छ किन ?

जीवनमा पहिलो पटक सुनेको पोखरामा नमिता सुनिता काण्ड मैले कहिल्यै भुल्न नसक्ने गरी मनमा बसेको छ । राजनीतिक पार्टी, सामाजिक अभियन्ताहरू, बिद्यार्थीहरूबाट खुव बिरोध भयो, म आफै पनि आफ्नो कलिलो बिद्यार्थी उमेरमा बिरोधमा सहभागि भइ आवाज उठाएको पनि ३० वर्षभन्दा बढी भएछ, याद आउँछ । त्यसपछि पनि अपराधमा कमी आएन । झनझन आजका दिनसम्म बढिरहेको छ । कतिपय यसै चुप बस्छन्, धेरै जसोको बोली बन्द हुन्छन् सामाजिक लाजका कारण ।
कतिपयलाई जवरजस्ती शक्ति प्रयोग गरेर न्याय नमाग्न बाध्य बनाइन्छ । जब जघन्य बलात्कारपछि हत्या गरिन्छ । बल्ल समाज, मानवाधिकार, प्रशासन जाग्छन्, सर्वसाधारण्बाट जोड जाडको आवाज आउँछ । प्रशासनले पनि अपराधी पत्ता लगाई कडा कार्वाही गर्ने आश्वासन दिए पनि हत्यारा पत्ता लगाउने काम कमै हुन्छ ।
समाजमा अपराध हुनुको कारण हुन्छ संगै समाधानको उपाय पनि हुन्छ । कारकतत्वलाई छोप्नु हुदैन । साथै अपराधी पत्ता नलगाइने बिभिन्न कारण हुन्छन् । जस्तै सम्पन भए पैसाले, शक्तिमा भए शक्तिले, सानो जातिको या गरीव भए समाजकै दबाबमा लुकाइन्छ अपराधी ।
दुःखका साथ भन्नुपर्छ जस्तो सिनेमामा देखाइन्छ त्यस्तै छ वास्तविकतामा अपराधलाई हामीले नै भण्डार गरे राखेका छौं, अपराधी घरमा लुकाएर, हुर्काएर राखेका छौ, मिलापत्रको नाममा । अनि अर्को उस्तैखालका जघन्य अपराधको निरन्तरता । यसमा व्यवस्था, प्रशासनलाई मात्रै दोश दिएर हुँदैन, हाम्रो मानसिकता, सोच र व्यवहार परिवर्तन हुनु जरुरी छ । एउटा अपराधीलाई माफी दिनु भनेको अर्को अपराधको जनम गराउनु हो भन्ने समाजले बुझ्नुपर्छ ।
भर्खरै जघन्य अपराध फेरी घटेको छ बैतडीमा । बैतडीकी किशोरी भागिरथी भट्टलाई पाँच दिन अघि बलात्कार गरेर हत्या गरिएको थियो । गृहमन्त्री रामवहादुर थापा बादलले हत्यारा चाँडै पत्ता लगाउन गम्भीर अनुसन्धान भैरहेको बताउनु भएको छ । छिटोभन्दा छिटो पत्ता लगाई कडाभन्दा कडा कार्वाही गरियोस । पीडामा रहनु भएका परीवालाई उचित राहात, क्षतिपूर्ति दिलाइयोस । संगै आआफ्नो ठाउँबाट सबैले शसक्त आवाज उठाऔं ।
तर, आवाज उठाउनु मात्रैले अपराध समाजबाट हट्दैन । ठूला ठूला आवजको महत्व भए पनि पूर्ण समाधानको बाटो हैन भन्ने कुरा पनि समाजमा सबैले बुझ्न जरूरी छ । यस्ता अपराधी आफ्नै सन्तानमा छन् भने पनि कानुनी कार्वाहीमा ल्याउन सबैले सहयोग गर्नुपर्छ । साथै यौन अपराधलाई कम गराउन यौनशिक्षा, जनचेतनाको महत्वपूर्ण भूमिका रहेको कुरा स्वीकार्न जरूरी छ । हुन त हाम्रा शास्त्रहरुले महिलालाई दुर्गा, देवीको दर्जा दिएको छ । अन्यायको लागि लड्ने शक्तिशाली महिला भनेर । तर बिडम्बना हाम्रै सामाजिक संरचनाले त्यो मान्यतालाई लत्याएको छ, शास्त्र कमजोर भएको छ, शस्त्र बलियो । गर्भमा छोरी भए भ्रुण हत्या गर्ने परिपाटी छ । बलात्कारी छोरा जन्माउन ।
अर्को विडम्बना, मासिक धर्म (महिनावारी) हुँदादेखि एक्लै बार्नुपर्ने, हरेक महिना महिनावारी हुँदा कतै कतै ४, ५ दिन स्कुल जान नपाउने जस्ता कुराहरूबाट नै मुख्य अपराधिक समस्या हुर्किरहेका हुन् तर हामीलाई थाहै हुँँदैन । पुरूषले आफू बिशेष ठान्ने, महिलालाई कमजोर ठान्ने, खेलौना ठान्ने नराम्रो प्रभावसंगै मौलाइरहेको छ बलात्कार । प्रत्येक घट्नाका आआफ्नै कारण र परिवेश सिर्जनामा समाजकै हात छ ।

नेपालमा २१ औ शताब्दी पनि कुन क्षेत्रमा कुनकुन जात या वर्गमा बलत्कारको दर कति छ जायज डेटा निकाल्न सकिरहेका छैनन् । धेरैजसो अपराधको उजुरी नै पर्दैन, अलिकती टाठोबाठोलाई पनि परिवारको इज्जत प्यारो हुँदा अभिभाबकले आफैं रोकेका हुन्छन् । सबै समस्यासंग लडेर कानुनी उपचार खोज्ने आट गर्नेलाई अपराधीले हत्या नै गरिदिन्छन् । एकदम कम मात्रको उजिरी दर्ता हुन्छ । दर्ता भएका उजुरीमा पनि प्रशासनबाटै प्रतिहिंसाको डर देखाएर उजुरी हटाउन लगाउछन्, अदालतसम्म पुगे पनि प्रमाण नष्ठ गर्ने काम अपराध न्यूनिकरणका लागि खटिएकाहरुबाटै भएका छन् ।
अहिलेसम्म देखिएको कुरा के हो भने बलात्कार जस्ता अपराध गर्ने सामान्य मान्छे रहेछ भने कार्वाही पनि छिटै हुन्छ तर समाजको स्थापित मान्छे, भिआईपी मान्छे, या अन्य बिशिष्ट रहेछ भने न्याय पाउन मुस्किलै छ २०३८ सालको बहुचर्चित नमिता-सुनिता बलात्कार र हत्या कण्ड यसको उदाहरण हो ।
धर्म र विज्ञानलाई एकसाथ लिएर जानुपर्छ
सबै नागरिकले बुझ्न जरूरी छ, धर्म एउटा आस्था हो, बाध्यता हैन । तर कानुनमा हरेक नागरिक सुरक्षित मानिए पनि हिन्दु समाजमा कानुन भन्दा पनि अघि बढेर समाजलाई धर्मको अधिनमा राखिको त छैन भने प्रतिप्रश्न गर्न मन लाग्छ । नेपाल र छिमेकी देश भारतमा बलत्कार बढी हुनु, सामाजिक अपराध, राजनीति विकृति हुनुमा सिनेमाको पनि प्रभाव त हैन ? नेपालमा पनि सिनेमा बनाउँदा धर्म, परिवार, राजनीति, भ्रष्टाचार, बलात्कार, हत्या, नाचगान सबै समेटेर मिश्रित सिनेमा बनाएका हुन्छन् । व्यवसाहिक हिसाबले अंग प्रदर्शण गर्ने, गराउने, बलात्कारको दृश्य राख्ने देखिन्छन् । सिनेमा हेरुन्जेल नकारात्मक समाज प्रायः देखाइएको हुन्छ भलै अन्त्यमा सकारात्मक सन्देश दिएर सिनेमा सकिएको हुन्छ नै । कथा फरक भए पनि घट्नाक्रम मिल्दाजुल्दा छन् सबै सिनेमाका । माफ गर्नुहोला राम्रो सिने व्यबसाहीहरूका राम्रा पनि छन् धेरै सिनेमा ।
सबैले संगै हेरेर मनोरन्जन गर्ने सिनेमा भए पनि रूचि अनुसारको लिने एजुकेशन फरक फरक पाइन्छ । जसरी तसरी आआफ्नो स्वभाव अनुसार क्रिया-प्रतिक्रिया भैरहन्छ । अरू कुरा छोडौ- यौनका बारेमा कुरा गर्दा मानव, जनावार सबैलाई यौन आवश्यक छ । यौन नै सृष्टि संचालनको आधार हो । तर पशुपंक्षीहरू यसमा अनुशासित छन् उनीहरु जायजन्मका लागि मात्र यौन सम्वन्ध राख्छन्, बलात्कार गर्दैनन् ।
मानव जाहाँ खुला समाज छ प्रयाप्त मात्रमा यौन शिक्षा छ त्यस्ता ठाउँमा यौन अपराध तुलनात्मक रुपमा कम हुन्छन् । तर जहाँ छैन विशेषतः नेपाल जस्ता गरीब, विपन्न मुलुकका ग्रामीण क्षेत्रमा यौन शिक्षा कम हुन्छ । पुरूसलाई यौनजन्य क्रियामा छुट भए पनि महिलालाई त्यो छुट छैन । किन भने महिलाले कुमारीत्व जोगाउनुपर्छ विवाह अगाडिसम्म । तर पुरूषलाई पुरूसोत्व जोगाउनु आवश्यक छैन । यसरी उमेर पुगेका जनवार यूवा खुला यौन सम्पर्कमा सहमतिमा हुने बाताबरण बन्दैन तर यौन प्यासलाई नियन्त्रण गर्ने नसक्ने अपराधीक मनोवृत्ति भएका मान्छेहरूले महिला (बालिका, वयोवृद्ध समत) लाई एक्लै देख्दा अकस्मात यस्ता अप्रिय घट्ना घटाउछन् ।
कतैकतै एक आपसमा सांकेतिक स्वीकार्य भएजस्तो तर सामाजिक समस्याका कारण महिलाले अकस्मात अस्वीकार गर्दा यस्तो घट्ना घटाउने राक्षसहरू सिनेमा हरेर बिग्रीएका सन्तानहरू सायदै बढी होलान । यसलाई टुलुटुलु हेर्ने, प्रशासनलाई दोष दिएर मात्र पुग्दैन । यस्ता अपराधी समाजमा पनि छन् । समाजमा प्रशासन पनि बस्छ । कहिं कतै कोई पनि चोखो छ भनेर भन्न सकिदैन । समाज खुला भएको छैन तर सिनेमाको अश्लिल दृश्यले नकारात्मक असर गरेको हुन्छ पक्कै धेरथोर ।

यसका लागि समानता, स्वतन्त्रता, दण्ड प्रावधानलाई कानुनी र धार्मिक रुपमै स्थापित गर्न सकिन्छ । कसरी बलात्कार जस्ता घटनालाई न्यून गर्ने भन्ने वैज्ञानिक विधि र धार्मिक मूल्य मान्यताहरुको स्पष्ट व्याख्या, व्यवहार र प्रावधानलाई पुनः स्थापित गर्न सके महिलाहरु ढुक्कले एक्लै हिड्न सक्ने वातावरण केही हदसम्म बढाउन सकिन्छ ।
सायद मेरा यी विचार अपाच्य हुनसक्छ । समाजले उल्टै छिःछि पनि भन्ला तर मानवीय सम्वेदनशीलतालाई सोच्ने हो भने महत्वपूर्ण बहसको विषय यो हो । विशेष गरी हिन्दु समाजमा महिलाप्रति नकारात्मक सोच छ त्यो सोचलाई विस्तारै विस्तारै शिक्षा, चेतनाबाट हटाउँदै सकारात्मक सोचको बिकास गराउनु पर्दछ । हुन त संसारभर नै यस्ता समस्या छन् । तर शीर्षकमै भनिए जस्तो धर्म, कानुन र वैज्ञानिक पद्धतिबाट महिलामाथि हुने अपराध न्युनकरण गर्न सकिन्छ ।
हिन्दु शास्त्रहरुले महिलालाई पृथ्वी मानेको छ, महिलालाई देवी मानेको छ । तर व्यवहारमा त्यो पाइँदैन, महिलालाई खेलौना या मनोरञ्जनको साधन मानेका छन् । जुन गलत हो । महिला देवी हुने भन्ने मान्यतालाई समाजमा स्थापित गराउनु पर्दछ । यसका लागि सोही अनुसारको बहस अरुरी छ । यस्तै सामाजिक समस्या नबुझ्दा महिला समूहले बिरोधको आवाज त उठाई राख्नु हुन्छ तर समाजबाट अपराध घटेको हुँदैन । के यो सरकारको मात्रै समस्या हो ? हैन जस्तो लाग्छ, यद्यपि सरकारले जिम्मा भने लिनुपर्छ । हिजोदेखि आजसम्म कति सरकार फेरिए पनि बलात्कारका घटना दिनदिनै बढेर गएको छ । धर्म जोगाउने नाममा धर्मका विषहरू बेलैमा फालिएन भने हिन्दु धर्म, संस्कृतिप्रति हाम्रा सन्ततीले नै घृणा गर्नेछन् एकदिन ।
नारीको पूजा गरिने देशमा बलात्कारका घट्ना भैरहनुले नेपाल दक्षिण एसियामै व्यापक छ । भर्खर जन्मेका शिशु समेत बलात्कृत भएका छन् । सामाजिक संजाल, बिभिन्न संघ संस्थाहरू तातेका छन्, आक्रोशमा पनि छन् । बलत्कारीलाई फाँसी दिनु पर्ने माग उठ्नु स्वभाविक हो, जायज पनि हो । तर एउटा अपराधीको भौतिक शरीरर नष्ट हुनु नै समस्याको समाधान होला ? सबै अपराधहरूको नियन्त्रण फाँसीबाटै होला त समाजवाट ? । निःसन्देह बलात्कारप्रति कुनै सहानुभूति राख्नु जरूरी छैन । कठोर कानुनको कार्यान्वयन गराउनु पर्छ । बलात्कारीसंग लामो लमय लिएर भए पनि सम्बाद गरेर उसले बलात्कार गर्नुको पूरै कारण उसैबाट व्यक्त गर्न लगाउनु महत्वपूर्ण हुन्छ । अपराधीबाटै अपराध गर्नुको कारण सोध्नु जरूरी हुन्छ । यस्तो बलात्कारी बाहेक अन्य अपराधीसंग पनि एउटै तरीका अपनाए अपराधको उपचार गर्न सकिन्छ । अपराधीसंगै अपराधको पनि नाश गर्नुपर्छ । जस्तै सर्पले टोके सर्पकै विष उत्तम औषधि । यस्तो सत्य प्रमाणित कुरा समाजभित्रै हुँदाहुँदै पनि एकछिनको आबेशमा आएर हतारमा फाँसी दिनुको औचित्य होला र ? प्रतिप्रश्न गर्न मन लाग्छ ।

फरक देशमा फरक कानुन छन् । फाँसी पनि छन् । हाम्रो देशमा के ठीक होला साँच्चै बैज्ञानिक बहसको खाचो छ । साथै फरक प्रसंग,, हरेक वर्ष माटो खन्न जाँदा दिदी बहिनीहरू भास्सिएर पुरिनु, घाँस दाउरा गर्दा भिरबाट लडेर मर्नु, श्रीमानको घरेलु हिंसा, यौन शोषण जस्ता सामाजिक समस्याको पनि समाधान खोज्नु पर्छ ।
अन्त्यमा, तीन वर्ष पहिला बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बैनी निर्मला पन्त र भर्खरै बलात्कारपछि बैतडीकी बैनी भागिरथी भट्टको आत्माको चिर शान्तिको कामना गर्दछु । छिटोभन्दा छिटो न्याय मिलोस् कामना गर्छु ।
हार्दिक श्रदाञ्जलि ११ अरू पनि धेरै पीीडतत दिदी बैनीहरूको आत्माले शान्ति पाओस् ।
माघ २६, २०७७, नेपाल, हाल टोक्यो
प्रतिक्रिया राख्नुहोस्