जन सरोकार

मनोद्धिपक लागूपदार्थ एम्फेटामाईन र नियन्त्रित लागूऔषधसहित चार जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ स्थित सडकबाट मनोद्धिपक लागूपदार्थ एम्फेटामाईन ९७ ट्याब्लेटसहित बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बंगलादेशी नागरिक २७ वर्षीय मोहमद जोनी खानलाई बुढानिलकण्ठ नगरपालिका-७ स्थित डेरा कोठामा फेला पारी तलासी गर्दा कोठाबाट एम्फेटामाईन १ सय ३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइन ६ सय एम्पुलसहित लम्जुङ बेसीशहर नगरपालिका-३ ठेगाना भएका ४३ वर्षीय बिक्रम बहादुर थापा र धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका ३९ वर्षीय पित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बा।६ च ३८३ नम्बरको कार तलासी गर्दा कारभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै पित नारायणको काठमाडौं चन्द्रागिरी नगरपालिका-५ स्थित डेराबाट थप ६ हजार एम्पुल नियन्त्रित लागूऔषध बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.