जन सरोकार

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जना पक्राउ

विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व, विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका- ६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका-१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।

साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.