जन सरोकार

विद्यार्थी भिसामा विदेश पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

प्रहरीले अध्ययन भिसामा विदेश पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वरमा रहेको ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला चितवन, राप्ती नगरपालिका २ घर भएका ३२ वर्षीयबद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई २१ लाख ७० हजा रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेका थिए ।

दुई युवालाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भन्दै झुक्याइरहेको रकम जम्मा भएपछि कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

त्यसै गरी अभियुक्तले हालसम्म आफ्नो परिचय केदारप्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भनि केदार प्रसाद सिलवालको नाममा १२ लाख रुपैयाँको चेक काट्न लगाई भुक्तानी लिएको पाइएको छ ।

त्यसै गरी केदार प्रसाद सिलवालकै नामको बैंक खातामा ४० हजार रकम समेत जम्मा गर्न लगाई जम्मा १२ लाख ४० हजार रकम ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको तथा निज बद्री सिलवालले भरतपुर उपमहानगरपालिका १० मा पनि कन्सल्टेन्सी सञ्चालन गरी ठगी गरेका थिए ।

सिलवालले ४ जनालाई सर्बियामा कामदार भिसामा पठाउने भनि जम्मा २१ लाख ९० हजार पाँचसय रुपैयाँ लिई सम्पर्क विहीन भएको उजुरी प्राप्त भएको र निजले स्पेन पठाउँछु भनि अन्य तीन जनाबाट समेत १२ लाख रुपैयाँ ठगीमा परेको भन्दै प्रहरीको सम्पर्कमा आएका जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.