सूचना/प्रविधि

सिजीटेल कानूनी प्रक्रिया पूरा गरेर देशभर सेवा पुर्‍याउन आतुर

विश्वका खर्बपतिहरुमध्येका एक मात्र नेपाली उद्योगपति विनोद चौधरीको दूरसंचार कम्पनी सिजी ग्रुप अन्तर्गतको सिजी कम्युनिकेशनले नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्‍याउन आतुर रहेको जनाएको छ ।

लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ ।

कम्पनीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताउनुभयो । उहाँले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिनुभयो । आधारभूत टेलिफोन सेवाको अनुमति पत्रको सबै शर्त पूरा गरेको बताउँदै चौधरीले कानूनी प्रक्रिया पूरा गर्न कुनै कन्जुस्याईं नगरिने स्पष्ट पार्नुभयो ।

सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै समस्या नरहेको भन्दै चौधरीले २२०० सय र २३०० ब्यान्डका फ्रिक्वेन्सी खरिद गरी सेवा सञ्चालन गर्न तयार रहेको बताउनुभयो । नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा दिन आवश्यक पर्ने सबै तयारी पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.