जन सरोकार

पूर्वसचिव कार्कीकी पत्नीको मृत्यु- पिर्काले हानेर हत्या गरेको आशंका

सोमबार विहान आफ्नै निवासमा सांघातिक हमलाबाट गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु भएको छ । कार्कीलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि हत्यामा घरमा राखिएका कामदारको हात हुनसक्ने आशंका गरेको छ । कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको बताएका छन् । ती अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानले पहिले मुनालाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.