जन सरोकार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।

यसै गरी भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताउनुभयो ।

उता सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको उहाँले बताउन्ुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.