राजनीति

प्रचण्ड-नेपाल समूहको जुलुशका कारण उपत्यकाको सवारी व्यवस्था अस्तव्यस्त

प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनप्रदर्शनका क्रमममा उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुशले विहानैदेखि काठमाडौंको यातायात व्यवस्था असहज बनेको छ । बिहान ११ बजे राजधानीका ५ स्थानबाट निस्किकएको जुलुस सुन्धारामा मिसिएर भृकुटीमण्डप जाँदैछ।

केन्द्रीय नेताहरूले नेतृत्व गरेको जुलुसले चक्रपथभित्रको ट्राफिक प्रभावित भएको हो । पाँच वटा जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा निस्किएको छ ।

जुलुस निस्किन लागेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ । साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । भृकुटीमण्डपमा सभा हुने भएकाले त्यस आसपासको क्षेत्र प्रभावित बनिसकेको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नुहुनेछ भनेन त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको छ ।

त्यसै गरी माइतीघरमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले नेतृत्व गर्नुभएको छ भने केशरमहलमा देव गुरुङ, भीम रावल, शक्ति बस्नेत र जमलबाट लीलामणि पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्य र पेशागत संगठनहरूको जुलुस निस्किँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.