राजनीति

भ्रष्टाचारीहरुमाथि निर्मम भएर काम गर्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अपराध गर्नेहरुमाथि निर्मम भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिंदै सो निर्देशन दिनुभएको हो ।

राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूल रुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने उहाँको तर्क थियो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो ‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउँछ । भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.