कर्पोरेट/पर्यटन

सगरमाथाको चुचुरोमै नपुगी प्रमाणपत्र लिएका दुई भारतीय आरोहीको प्रमाणपत्र रद्द

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोमा पुगेको भनी कीर्ते कागजात पेश गरी आरोहणको प्रमाणपत्र लिएका दुई भारतीय आरोहीको प्रमाणपत्र रद्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१६ मा दुई भारतीय नागरिकले सगरमाथा चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएपछि रद्द गरेको हो ।

मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको हो ।

उनीहरुले सो वर्ष सगरमाथा चढेको भनी झुठा विवरण पेश गरी प्रमाण पत्र लिएका थिए । उनीहरुको प्रमाणपत्र रद्द गरिएको छ । यससम्बन्धमा उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो ।

यी दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

यसै गरी उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।

त्यस्तै सरकारले भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत नगद जरिवाना गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.