राजनीति

'सिंहदरबार र बालुवाटार घेर्न सकिन्छ'- प्रचण्ड, 'ओलीको चुनावचिन्ह बयलगाडा'- नेपाल

सरकारले संसद विघटन गरेपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले बिरोध प्दर्शन सोचेभन्दाा बढी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सभा कस्तो हुन्छ, विरोध र प्रदर्शन कस्तो हुन्छ देख्नुभो भन्दै सो चेतावनी दिनुभएको हो ।

सोही सभालाई सम्बोधन गर्दै अर्का अधयक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले नेकपाको चुनाव चिन्ह सूर्य आफूहरुलाई दिने दावी गर्दै ओलीको चुनाव चिन्हह बयल गाडा हुने भन्दै व्यंग्य गर्नुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको बताउँदै देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’

ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप लगाउँदै नेपालले आफूहरू सुशासनका दिशातर्फ अगाडि बढ्न चाहेको युवालाई रोजगारी दिन चाहेको तर ओली सच्चिनेवाला नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.