राजनीति

गठबन्धनको बिरोध नगर्न नेता कोइरालालाई अध्यक्ष प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई गठबन्धनको बिरोध नगर्न र चुनावसम्मै यसलाई लिएर जान आग्रह गर्नुभएको छ ।

दुई नेताबीच आज खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो । भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको कांग्रेस नेता अमरेशकुमार सिंहले जानकारी दिनुभयो ।

भेटमा अध्यक्षा प्रचण्डले नेता कोइरालासंग अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गर्ने विषयमा छलफल भइरहेको र हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा हुने बताउनुभएको थियो ।

उहाँले नेता कोइरालासमम्क्ष अध्यक्ष प्रचण्डले तपाईं निर्णय गर्ने ठाउँमा नभए पनि निर्णय प्रभावित गर्ने ठाउँमा रहेको बताउँदै चुनावी गठबन्धनको विरोध नगर्न आग्रह गर्नुभएको थियो ।

जवाफमा नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताउँदै सरकारमा गठबन्धन रहेको र आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ तरअहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नहुने बताउनुभएको थियो ।

नेता कोइरालाले चुनावी गठबन्धन पुरानै सिकाइ भएको बताउँदै भन्नुभयो, गठबन्धन भए कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन् । त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।

त्यस्तै नेता कोइरालाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएकाले त्यसलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले भने चुनावअघि एमसीसी पास गर्न नसकिने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.