राजनीति

आफूलाई सरकारको नेतृत्व दिन चन्दको दलहरुलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकपटक सरकारको नेतृत्वमा पुगेर देशलाई परिवर्तन गर्ने हुटहुटी आफूमा रहेको बताउँदै अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गर्नुभएको छ ।

शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा चन्दले आफूले सरकारको नेतृत्व गर्न संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट तयार रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुयो, जेबाट भए पनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

त्यसै गरी उहाँले सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहे पनि नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने बताउँदै देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा उहाँले माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने दावी गर्नुभयो ।

उहाँले समाजवादको आधार खडा गर्न मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउँदै त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने तर्क गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.