जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका-१ देवान चोकमा को.१० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ स्थित सडकमा ना.४ ख ७०७४ नम्बरको ट्रकले प्र.१-०२-०५३प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.