जन सरोकार

मुना कार्की हत्या प्रकरण : सिसिटिभी फुटेजमा देखियो यस्तो दृश्य, चौधरीको पेन्टीमा रगत र विर्य

सानैदेखि घरमा राखेको कामदारले यतिसम्म गर्ला भन्ने कल्पना सायद पूर्व सचिव अर्जुन कार्कीलाई थिएन । सोमबार विहान उठेर सदाझैं गल्फ खेल्न र पशुपतिनाथ दर्शन गर्न गएका कार्कीले फर्कदा आफ्नै घरमा राखेको कामदारबाट श्रीमतीको हत्या भएको थाहा पाएपछि विक्षिप्त छन ।

फागुन १७ गते छोराको ब्रतबन्धको तयारीमा थियो पूर्वसचिव अर्जन कार्की दम्पत्ति । तर सोमबार विहान अकल्पनीय घटना घट्यो । कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छाप्न जाने योजनामा थिए । त्यसका लागि उनले नजिकै बस्ने भिनाजुलाई पनि तयार रहन भनिसकेका थिए । अब छोराको व्रतबन्ध गर्ने मुनाको चाहना सपनामा मात्र सीमित भएको छ ।

सुरुमा कामदारको झुण्डिएर मृत्यु भैसकेको र कार्कीकी श्रीमती मुना कार्की भुइँमा लडिरहेको देख्दा बाहिरबाट मानिस आएर आक्रमण गरेको हो कि भन्ने आशंकाा गरिए पनि घरमा रहेको सिसिटिभी फुटेजले जुन दृश्य देखायो त्यसले सबैलाई त्रस्त बनायो । मुनाको हत्या कामदार विजय चौधरीले गरेको पुष्टि भयो । मुनाको हत्यापछि चौधरीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण अझै खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धानका क्रममा झुण्डिएर आत्महत्या गरेका चौधरीको पेन्टीमा प्रहरीले रगत र विर्य भेट्टाएको छ । पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

यद्यपि झुण्डिएर आतमहत्या गर्ने मानिसो ज्यान जाँदा दिशा वा वीर्य झर्नु सामान्य प्रक्रिया भएको फरेन्सिक विज्ञ बताउँछन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै यो विषयको निक्र्योल गर्नेछ ।

यस्तो छ सिसिटिभी फुटेजका दश्य

विहान १० वजेर २० मिनेटको सयममा विजय भान्सा कोठा पस्छन । खाना पकाईरहेकी मुनाको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर  भूइँमा लडाए । भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।

मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आत्महत्या गर्छन् । सिसि क्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो ।

१० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए । त्यसपछि करिब १३ मिनेट सिसिटिभीमा कुनै फुटेज छैन । तर १० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको फुटेजमा देखिएको छ । त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ ।

११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ । ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेकी थिइन् । १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेन बाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ । १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.