कर्पोरेट/पर्यटन

दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाइने

?

महाऋषि वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना हुँदैछ ।

नेपालका सम्पूर्ण जाति, जनजातिको मौलिक धर्म, संस्कृति र सभ्यताको संरक्षण संवद्ध्र्रन गर्न अभिप्रेरित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने उद्देश्यसहित ‘सनातन धर्म संस्कृति’ विषयक अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । “व्यासभूमि दमौलीलाई ओमकार परिवारको अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा परिचित गराउँदै नेपालका सम्पूर्ण जातजातिको धर्म संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,” अधिकारीले भन्नुभयो ।

अन्तर्राष्ट्रिय महासम्मेलनमा विभिन्न २४ देशका प्रतिनिधिको सहभागिता रहने महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महासम्मेलनमा भारतबाट एक सय, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशलगायतबाट ५०, युरोप, अमेरिका ५० र नेपालबाट ३०० प्रतिनिधिको सहभागिता रहनेछ । भारतको २२ राज्यबाट तीनदेखि पाँचजनासम्म प्रतिनिधि आउने सुनिश्चित भइसकेको पौडेलले बताउनुभयो ।

महासम्मेलनको पहिलो दिन विशाल धार्मिक सांस्कृतिक ¥याली, दोस्रो दिन नेपालका तर्फबाट कार्यपत्र, विभिन्न देशका प्रतिनिधिबाट कार्यपत्र प्रस्तुत हुने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, सन्त, महात्मद्वारा प्रवचन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिनिधिका बीचमा आन्तरिक, वैचारिक मन्थन, विचार–विमर्शसहित दमौली घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको महासङ्घका आमन्त्रित केन्द्रीय सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । महासम्मेलनको अन्तिम दिन विभिन्न देशबाट आएका अतिथिलाई पोखराका धार्मिक क्षेत्रको भ्रमण गराइनेछ ।

छिम्केश्वरीमा पर्यटन महोत्सव

जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा पर्यटन महोत्सव हुने भएको छ । छिम्केश्वरी माई र छिम्कालेकको प्रवद्र्धनका लागि आँबुखैरेनी गाउँपालिकाले पर्यटन महोत्सव गर्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा पर्यटन महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि तयारीसमेत शुरु गरिएको छ ।

छिम्केश्वरीमा प्रत्येक वर्षको फागुपूर्णिमामा मेला लाग्दै आएको छ । यस वर्ष भने सोही मेलालाई पर्यटन महोत्सवको रुप दिन लागिएको अध्यक्ष थापाले बताउनुभयो । पर्यटन महोत्सव फागुन २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । “पर्यटन महोत्सवले आँबुखैरेनीका पर्यटकीयस्थलको प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौँ,” अध्यक्ष थापाले भन्नुभयो ।

धार्मिक एवं ऐतिहासिकस्थलको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रमसहित घरवास भ्रमण, पदयात्रा, स्थानीय एवं राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानीय कृषिजन्य उपजको प्रदर्शनी, जडीबुटी प्रदर्शनी, पर्यटन विकाससम्बन्धी अन्तरक्रिया, खुला हाफ अल्ट्रा म्याराथन दौड प्रतियोगिता, छेलो तथा डोरी चढ्ने खेल, सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यालयस्तरीय कौरा नृत्य प्रतियोगिता, अग्र्यानिक खानाका स्टलहरु महोत्सवका मुख्य आकर्षणका रुपमा रहने पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिनुभयो ।

छिम्केश्वरी समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छ । छिम्केश्वरीको उचाइसम्म सडक सञ्जाल नजोडिएकाले त्यहाँ पुग्नका लागि करीब एक÷डेढ घण्टा पैदलयात्रा गर्नुपर्छ । पैदलयात्रामार्फत बर्सेनि थुप्रै सङ्ख्यामा आन्तरिक पर्यटक छिम्केश्वरी पुग्ने गरेको आँबुखैरेनी गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.