राजनीति

ठाकुर ज्ञवाली नयाँ प्रहरी महानिरीक्षक

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुभएको छ । महानिरीक्षक सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकाश लिएपछि सरकारले ज्ञवालीलाई महानिरीक्षकका रुपमा नियुक्त गरेको हो ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं १ प्रहरी प्रमुखका रुपमा कार्यरत ज्ञवालीलाई मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाँक्नुहुनेछ ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक डीआईजीमा ज्ञवालीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.