जल/वातावरण

सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधिलाई फागुन २ गतेदेखि कोरोनाको खोप

चरणबद्ध रुपमा कोरोना बिरुद्धको खोप लगाउँदै आएको सरकारले तेस्रो चरणमा फागुन २ गतेदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने भएको छ ।

दोस्रो चरणमा अहिले केन्द्रीय राजधानी काठमाडौंमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिइरहेको छ । फागुन २ गतेबाट उपत्यका बाहिरका पत्रकारहरुलाई पनि सम्बन्धित जिल्लाबाटै खोप दिइनेछ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो ।

यसै गरी सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइने मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.