प्रचण्ड-नेपाल समूहमा जान लागेको भन्ने टिप्पणीप्रति मन्त्री रायमाझीको आपत्ति

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ । बुधबार प्रचण्डनेपाल समूहको जनसभामा मन्त्री रायमाझी ओली समूहहबाट बाहिरिन लागेको बताइएपछि बिहिबार उहाँका का प्रमुख स्वकीय सचिव लीला जिसीले विज्ञप्ति जारी गरी मन्त्री रायमाझी सो समूहमा जान लागेको टिप्पणी आधारहीन रहेको बताउनुभएको हो ।
विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी रहनुभएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित
हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्