राजनीति

पक्राउ परेको साँढे पाँच घण्टापछि रामकुमार झाँक्री रिहा

राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध अमर्यादित अभिव्यक्ति दिएपछि गिरफ्तार हुनुभएको प्रचण्ड-नेपाल समूहको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँकी ५ घण्टाभन्दा बढीको हिरासत बसाईपछि रिहा हुनुभएको छ । महानगरीय अपराध महाशाखो झाँक्रीलाई उहाँका श्रीमानको जिम्मामा रिहा गरेको हो ।

प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिंदै आफू विना शर्त रिहा भएको बताउनुभयो । उहाँले प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको पनि बताउनुभयो ।

महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.