खेल

सन्दीप र सुसनको विश्वस्तरीय बलिङ- अमेरिका ३५ रनमा अलआउट- नेपालको कीर्तिमानी जीत

कुनै समय नेपालले विश्व क्रिकेटमा सबैभन्दा छिटो विजयी लक्ष्य पूरा गरेको कीर्तिमान कायम गरेको थियो । त्यस्तै नतिजा निकाल्ने क्रममा बुधबार आइसीसी लिग २ मा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै जित निकालेको छ ।

चार खेल खेलको नेपालले अमेरिकालई पराजित गर्दै आइसीसी क्रिकेट वर्ल्ड कप लिगमाको पहिलो सिरिजमा दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा लिगको अन्तिम खेलमा नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएपछि अमेरिका ३५ रनमा अलआउट हुन पुगेको थियो ।

खेलमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरम ३५ रनमा अलआउट गरेको थियो । सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए भने सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

खेलमा अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्यो । सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो ।

तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । पारसले अविजित १५ दीपेन्द्रले अविजित १५ रन बनाए । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।

जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ । यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो । त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए । ओमानले भने सिरिजको चारवटै खेल जितेको छ ।

एक दिवसीय क्रिकेटमा कुनै पनि राष्ट्रलाई यति न्यून रनस्कोरमा समेटिएको यो दोश्रो पटक हो । अमेरिका अघि जिम्बाब्बे पनि ३५ रनमा समेटिएको थियो । सन् २००४ अप्रिल २५ मा श्रीलंकाविरुद्ध घरेलुमैदानमा जिम्बाबे ३५ ओभरमा समेटिएको थियो । उसले त्यतिबेला १८ ओभरमा ३५ रन बनाउँदै अलआउट भएको थियो ।

नेपालले श्रीलंकाले बनाएको रेकर्डसँग बराबरी गरेको हो । रन स्कोरमा श्रीलंका अगाडी देखिए पनि नेपाललाई भने अमेरिकालाई ३५ रनमा समेट्न केवल १२ ओभर मात्र लागेको छ । यस हिसाबले नेपाल सबभन्दा कम स्कोरमा समेट्ने पहिलो राष्ट्र बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.