जापान

चीनबाट जापान आएका पहिलो खेपका जापानीहरुमा कोरोनाको पुनः परीक्षण

कोरोना भाइरस संक्रमित चीनको वुहानबाट जापान ल्याइएकाहरुको पुनः परीक्षण गरिएको छ । परीक्षणपश्चात आज बुधबार उनीहरुलाई आआफ्नो घर जान दिइने विश्वास गरिएको छ ।

जापानका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहान पठाइएको पहिलो विमानबाट आएकाहरुको पुनः परीक्षण गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो भाइरसको अधिकतम सक्रियता अवधि १२.५ दिनसम्मको रहेको बताएको छ । पहिलो खेपमा जापान आएकाहरुको १४ दिन पूरा भएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण सुरु गरेको हो ।

 जापानले २९ जनवरीमा २ सय ६ जनालाई विमानमार्फत स्वदेश ल्याएको थियो । उनीहरुको परीक्षणका क्रममा भाइरस नभएको वा लक्ष्यण नदेखिएका सबैलाई सरकारले व्यवस्था गरेको आवासमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.