एन आर एन न्युजजापान

मार्चमा ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप’, फेब्रुअरी २३ सम्म टिम दर्ता हुनुपर्ने

युवाका लागि खेलकूद भन्ने मुल नाराकासाथ गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ आउँदो मार्चमा हुने भएको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने प्रतियोगिता मार्च ३ आइतबारदेखि हुने र सहभागिताका लागि टि दर्ताको समय फेब्रुअरी २३ तारिखसम्म राखिएको छ ।

चिवा स्थित जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने प्रतियोगिताका लागि जापानमा रहेका नेपाली फुटसल क्लबहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ येन सहित रनिङ कप, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् भने फस्ट रनर अपले तीन लाख ३३ हजार तीन सय ३३ येन, प्रमाण पत्र र ट्रफी पाउनेछन् ।

त्यसै गरी सेकेन्ड रनर अप हुने टिमले एक लाख ११ हजार एक सय ११ येनसहित प्रमाण पत्र र ट्रफी पाउनेछन्। त्यस्तै खेलाडीलाई अनुशासित र हौसला प्रदान गर्न द–फेयर प्ले अवार्ड टिमलाई ४० हजार यन प्रदान गरिनेछ।

त्यसैगरी वेष्ट प्लेयर, वेष्ट गोलकिपर, द–टप स्कोरर, द–वेष्ट कोच टिमलाई समेत १०र१० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने बताइएको छ ।

एनआरएनए जापानका अध्यक्ष नविन निउरेले प्रवासमा रहेका युवाहरुलाई खेल क्षेत्रमार्फत सामाजिक सेवामा सहभागी हुन उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्न प्रतियोगिता फलदायी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

एनआरएनए जापान आयोजक रहेको प्रतियोगिताको सह–आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा रहेको छभने एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको सहयोगमा प्रतियोगिता हुने बताइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.