आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ मा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा नामिबियालाई ९२ रनले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार दोस्री जित हासिल गरेको हो ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनायो । भारतको लागि इसान किसनले २४ बलमा बनाउन ६ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले भने हार्दिक पान्ड्याले २८ बलमा ५२ रन बनाए ।
त्यस्तै तिलक वर्माले २५ रन जोड्दा, शिभम डुबेले २३ र सन्जु सामसनले २२ रन बनाए । नामिबियाको लागि जेरार्ड इरसमसले ४ विकेट लिए । जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको नामिबिया १८.२ ओभरमा अलआउट हुँदै १ सय १६ रन मात्र बनाउन सक्यो । नामिबियाको लागि लोरेन स्टीनक्याम्पले सर्वाधक २९ रन बनाए भने जान फ्राइलिंक २२ रन जोडे ।
यस्तै जेरार्ड इरसमसले १८, जान निकोल लोफ्टी-इटनले १३ र जेन ग्रीनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतको लागि वरुण चक्रवर्तीले ३ विकेट लिए भने अक्षर पटेल र हार्दिक पान्ड्याको भागमा समान २-२ विकेट रह्यो ।
जितसँगै भारतको दुई खेलमा चार अंक जोड्दै समूह ए को शीर्ष स्थानमा मा उक्लेको छ भने समान खेलमा अंकविहिन नामिबिया तालिकाको अन्तिम स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्