‘अकल्पनीय जोखिम’ विरुद्ध एकजुट हुन युएनएफसिसिसी प्रमुखको आग्रह
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का प्रमुख साइमन स्टिललले बिहीबार जीवाश्म इन्धन समर्थक शक्तिहरूबाट अन्तर्राष्ट्रिय सहयोगमा ‘अकल्पनीय जोखिम’ विरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ।
टर्कीले यस वर्षको अन्त्यमा भूमध्यसागरीय तटमा कोप–३१ जलवायु शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनमामिला हेर्ने निकायका प्रमुख साइमन स्टिलले इस्तानबुलमा ‘वैश्विक अव्यवस्था’ले सहकार्यमा असर पार्ने बताउनुभएको हो ।
“अन्टाल्यामा कोप–३१ असाधारण समयमा हुनेछ। हामी आफंैलाई नयाँ विश्व अव्यवस्थामा पाइरहेका छौँ,“ स्टिलले कोप–३१ का लागि टर्कीका प्रमुख तथा वातावरण मन्त्री मुरात कुरुमसँग गरेको एक कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो ।
उहाँले भन्नुभयो, “यो शक्तिशाली हतियार र व्यापार युद्धहरूको कारण अस्थिरता र असुरक्षाको समय हो । अन्तर्राष्ट्रिय सहयोगको अवधारणामाथि नै आक्रमण भइरहेको छ ।”
जलवायु परिवर्तनविरूद्धको लडाईले विश्वभरको सुरक्षा र आर्थिक वृद्धिको चिन्तालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि संयुक्त राष्ट्रसङ्घको आधारभूत जलवायु सन्धिबाट संयुक्त राज्य अमेरिकालाई बाहिर निकाल्ने कदम उठाउँदै तेल, ग्यास र कोइलाको वकालत गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले पृथ्वीलाई बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने अमेरिकी नियमलाई आधार दिने ऐतिहासिक वैज्ञानिक निष्कर्षलाई बिहीबार खारेज गर्ने तयारी गर्नुभएको छ ।
गत वर्षको अन्त्यमा ब्राजिलमा भएको कोप ३० शिखर सम्मेलन कोइला उत्पादक राष्ट्र भारत, साउदी अरब र अन्य मुलुकजस्ता तेल कम्पनीहरूको विरोधका बीच जीवाश्म ईन्धनको बारेमा स्पष्ट उल्लेख नभएको एक सामान्य सम्झौतासहित समाप्त भएको थियो।
स्टिलले भन्नुभयो, “अन्तर्राष्ट्रिय जलवायु सहयोग ‘अकल्पनीय खतरा’ मा छ, प्रदूषणकारी कोइला, तेल र ग्यासमा निर्भरता बढाउन आर्थिक र वैज्ञानिक तर्कको अवज्ञा गर्न र आफ्नो शक्ति प्रयोग गर्न प्रतिवबद्ध व्यक्तिहरूबाट गैरजिम्मेवार धारणा व्यक्त गरिनु गलत कुरा हो।”
उहाँले भन्नुभयो, “ती शक्तिहरू निर्विवाद रूपमा बलियो छन्, तर तिनीहरू प्रबल हुनु आवश्यक छैन। यो अराजकता र प्रतिगमनको स्पष्ट विकल्प छ।”





प्रतिक्रिया राख्नुहोस्