राजनीति

प्रचण्डको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गर्नुभएका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उहाँका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नु भएको बताउनुभएको थियो ।

प्रचण्डको यस्तो कथनपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञिप्त जारी गरी “माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत रहेको” बताउनुभएको छ ।

शर्माले प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको उल्लेख गर्दै फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो भन्दै उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.