जापान

तोचिगीमा ग्याल्बो ल्होसार मनाउने तयारी

शेर्पा संघ तोचिगी जापानले बौद्ध धर्मावलम्बीको नयाँ वर्ष २१४७ च्याक फो चिवा लो ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । नयाँ वर्षलाई अविष्मरणीय र मनोरञ्जनपूर्ण बनाउन संघ तीब्र तयारीमा जुटेको छ ।

 फेब्रुवरी 22  तारिखका दिन तय गरिएको ग्याल्बो ल्होसार बिशेष साँस्कृतिक कार्यक्रममा शेर्पा परिकार र शेर्पा सँस्कृतिको अवलोकन गर्न सकिने आयोजक संस्था शेर्पा संघ जापानले जानकारी गराएको छ ।

कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहने जनाएको छ ।

कार्यक्रम फेब्रुवरी 22 तारिक साँझ 5 बजे हुने कार्यक्रममा आफ्नै भेषभुषामा उपस्थित  भइदिनुहुन सबै जापानबासी शेर्पाहरुलाई  शेर्पा संघ तोचिगी जापानले  बिनम्र अपिल गरेको छ ।

 
कार्यक्रम हुने स्थान :LAFA 栃木市河合町4-5
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.