राजनीति

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार लालबहादुर कुँवर

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त हुनुभएको छ । यसै गरी रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा आइतबार कुँवरलाई मुख्य रजिष्ट्रार नियुक्त गरिएको हो ।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मनुभएका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

 गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुनुहुन्छ ।

यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) हुनुहुन्थ्यो । विसं २०२४ वैशाखमा विराटनगरमा जन्मनुभएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.