जन सरोकारस्वास्थ्य

सातसय ४७ सङ्क्रमित थपिए, आठजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने यस अवधिमा आठजनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ ।

अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.