राजनीति

भीम रावलसहितका पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भीम रावल, घनश्याम भुसालसहितका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । आज बसेको संसदीय दलको बैठकमा हस्ताक्षर अभियान चलिरहँदा पाँच सांसदले अस्वीकार गरेका हुन् ।

एमालेले प्रधान न्यायाधीशबिरुद्ध सत्ता गठबन्धनले महाभियोग दर्ता गरेपछि संसद विघटन बदर गरी गठबन्धनको माग अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमोदेश जारी गर्ने चार न्यायाधीशबिरुद्ध महाभियोग लगाउने चर्चाकाबीच पाँच सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गर्ने सांसदहरूमा भीमबहादुर रावल, घनश्याम भुसाल सहित पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट हुनुहुन्छ ।

संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राख्नुभएको थियो भने अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिनुभएको थियो ।

उहाँले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.